ad ad

खेल


आफ्नै खेलाडीसँग ठोक्किँदा मछिन्द्र क्लबका गुरुङ मैदानमै बेहोस

आफ्नै खेलाडीसँग ठोक्किँदा मछिन्द्र क्लबका गुरुङ मैदानमै बेहोस

नेपालखबर
चैत २६, २०७९ आइतबार १६:५१, काठमाडौँ

मछिन्द्र क्लबका खेलाडी छिरिङ गुरुङ घाइते भएका छन्। 

खेलको इन्ज्युरी समयमा मछिन्द्रका गुरुङ आफ्नै खेलाडी पुजन उपरकोटीसँग ठोक्किँदा मैदानमा अचेत भएर ढलेका हुन्। उनी मैदानमै डेढ मिनेटजति बेहोस भएका थिए। 

मैदानमा प्राथमिक उपचार गरेपछि उनलाई अस्पताल लगिएको छ।

छिरिङ मैदानमा ढल्ना साथ संकटाका मुख्य प्रशिक्षक सल्यान खड्की मैदानमा पुगेका थिए।

‘मैले आफूले आफूलाई रोक्नै सकिँन। त्यो सिच्युएशनको म वर्णन नै गर्न सक्दिँन। यस्तै भयो भनेर म आफैं भन्न नसक्ने अवस्थामा थिएँ,’ खड्कीले भने।

दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई २–१ गोल अन्तरले हराउँदै लिगमा दोस्रो जित निकालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .