म्यानचेष्टर युनाइटेडलाइ पराजित गर्दै न्यु क्यासल प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ।
आइतबार राति भएको खेलमा खेलमा युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै न्यु क्यासल तेस्रो स्थानमा उक्लेको हो।
न्यु क्यासल सन् २००२–०३ देखि प्रिमियर लिगको शीर्ष ४ मा पर्न सकेको छैन।
जितसँगै न्यु क्यासलले काराबाओ कपको फाइनलमा भोगेको हारको बदला समेत लिएको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्यासलले दुवै गोल दोस्रो हाफमा गर्यो।
खेलको ६५ औं मिनेटमा जो विलोकको गोलमा क्यासलले युनाइटेडविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। खेलको ८८ औं मिनेटमा परिवर्तित खेलाडी क्यालम विल्सनले उत्कृष्ट हेडर गोल गर्दै अग्रता दोब्बर पारे।
आइतबार राति नै भएको खेलमा वेष्टह्यामले साउथहेप्टनलाई १–० गोल अन्तरले हराएको छ।
42
Shares
प्रतिक्रिया