प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेलमा नेपाली टोलीमा तीन खेलाडी परिवर्तन भएको छ।
लाओससँगको फाइनल खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले तिन खेलाडी परिवर्तन गरेका हुन्।
दशरथ रंगशालामा हुने खेल साढे ५ बजे सुरु हुनेछ।
आजको खेलमा दिपक राजसिंह ठकुरीले सुरुवाती ११ मा नै स्थान बनाएका छन्। दुई खेलमा १ गोल गरेका दिपकले दोस्रो खेलमा गोल गर्दै भुटानसँगको हार टारेका थिए।
त्यस्तै, आजको खेलमा मनिष डाँगी र मणि कुमार लामाले सुरवाती ११ मा स्थान बनाएका छन्।
नेपालले पहिलो खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा भुटानसँग एक एक गोलको बराबरी खेलेको थियो।
आजको खेलमा पुजन उपरकोटी मैदान बाहिर छन्। पुजन दोहोरो पँहेलो कार्डका कारण खेल्न नपाउने भएका हुन्।
नेपालको सुरुवाती ११
Shares

प्रतिक्रिया