ad ad

खेल


राष्ट्रिय क्रिकेट टोलीका पाँच सदस्य सम्मानित

राष्ट्रिय क्रिकेट टोलीका पाँच सदस्य सम्मानित

नेपालखबर
चैत १६, २०७९ बिहिबार १६:११, काठमाडौँ

फिनिक्स कलेज अफ म्यानेजमेन्टले आईसीसी विश्वकप लिग २ मा सानदार प्रर्दशन गर्दै नेपाललाई विश्वकप छनोटमा पुर्याएको राष्ट्रिय क्रिकेट टोलीका पाँच सदस्यलाई सम्मान गरेको छ।  

कलेजले बिहिबार एक कार्यक्रम गर्दै राष्ट्रिय टोलीका ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई सम्मान गरेको हो। 

खेलाडीहरुलाई राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले दोसल्ला, प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँले सम्मान गरे। 

पाँचै जना क्रिकेटर फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक कार्यक्रममा अध्ययनरत छन्। सम्मानित खेलाडीहरूले उनीहरूको शैक्षिक र क्रिकेट करियरलाई सन्तुलनमा राख्न कलेज गरेको सहयोगको प्रशंसा गरे। 

कलेजका प्राचार्य प्रा. डा. फत्त बहादुर केसीले खेलाडीहरू खेलकुदका लागि मात्रै नभई असल र मेधावी विद्यार्थी पनि भएको बताए।

उनले खेलाडीको कलेजसँगको निकटता र उच्च शिक्षाप्रतिको उनीहरूको लगनले फिनिक्स कलेज अफ म्यानेजमेन्ट सम्पुर्ण विद्यार्थीहरूको पहिलो रोजाइ भएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .