राजनीति


फागुन १ हिंसा दिवस हो, सार्वजनिक बिदा दिए क्यालेण्डरबाट हटाउँछौँ : ओली

फागुन १ हिंसा दिवस हो, सार्वजनिक बिदा दिए क्यालेण्डरबाट हटाउँछौँ : ओली

फाइल तस्वीर


नेपालखबर
चैत १६, २०७९ बिहिबार १६:४१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको बताएका छन्। 

बिहीवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले अबदेखि वार्षिक क्यालेण्डरका रुपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रुपमा राखिए क्यालेण्डरबाट हटाउने चेतावनी दिए।

गत फागुन १ गते सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको थियो। सरकारले दिएको बिदाप्रति ओलीले कटाक्ष गरेका हुन्। 

माओवादी घटकहरुले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने गर्दछन्।

अध्यक्ष ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने पनि बताए। उनले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताए। 

‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ। अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘यो गलत कुरा हो,कानून विपरित छ भन्नेकुरा सरकारले थाहा पाइसकेपछि यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्छ।’

अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताए। उनले ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने बताए। उनले आम नागरिकहरु बेलैमा सचेत भइ मिटरब्याज कारोबारमा फस्नु नहुने बताए।

उनले भने, ‘अफ्ठ्यारो पर्यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरेँ थाहा नपाइकन मिटरब्याजी कारोबार गर्न मञ्जुर अरुले पनि हुनु हुँदैन। मिटरब्याजको पीडित जो भएको छ, उनीहरुले पनि सोच्नुपर्छ। मिटरब्याजमा पैसा लिएपछि दिने असुल गर्ने प्रयास त गर्नेभयो। सहमति त त्यही हुन्छ। हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन। मिटरब्याजमा पैसा लिनु भएन। आफैँ पनि सचेत हुनुपर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .