ad ad

खेल


वुल्भ्समाथि ४–२ को जित निकाल्दै लिड्सले छाड्यो रेलिगेसन क्षेत्र

वुल्भ्समाथि ४–२ को जित निकाल्दै लिड्सले छाड्यो रेलिगेसन क्षेत्र

नेपालखबर
चैत ५, २०७९ आइतबार ७:१६, काठमाडौँ

लिड्स युनाइटेडले इङ्लिस प्रिमियर लिगमा रेलिगेसन क्षेत्र छाड्न सफल भएको छ। 

शनिबार राति भएको खेलमा लिड्सले वुल्भ्समाथि ४–२ को जित निकाल्दै रेलिगेसन क्षेत्र छाडेको हो। 

लिड्स रेसलगेसन क्षेत्रभन्दा ४ स्थान माथि रहँदा रेलिगेसन जोनमा रहेका अन्य क्लबभन्दा ३ अंक बढी छ। 

पहिलो हाफमा १–० ले अग्रता बनाएको वुल्भ्सले बाँकी गोल दोस्रो हाफमा गर्‍यो। 

खेलको छैटौँ मिनेटमा ह्यारिसनको गोलमा सुरुवाती अग्रता बनाएको लिड्सले दोस्रो हाफको चौथो मिनेटमा लुक आइलिङको गोलमा अग्रता दोब्बर पार्‍यो।  

६२ औँ मिनेटमा रास्मस क्रिस्टेनसेनले गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए। त्यसको एक मिनेटपछि नै कास्ट्रो ओटोले गोल गर्दै खेललाई ३–१ मा ल्याए। ७३ औं मिनेटमा म्याथु चुन्हाले गोललाई लिड्सको अग्रता साघुरो बनाए।

८४ औँ मिनेटमा ओटो रातो कार्ड खाँदै मैदान छाडेपछि वुल्भ्स १० खेलाडीमा सीमित बन्यो।  खेलको इन्ज्युरी समयको सातौँ मिनेटमा रोड्रिगोले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याए। त्यसको एक मिनेटपछि वुल्भ्सका नुनेज रातो कार्ड खाँदै मैदान छाडे। 

जितसँगै लिड्स २७ खेलबाट २६ अंक बनोडेर १४ औं स्थानमा उक्लेको छ। पराजित वुल्भ्स २७ अंकमा १३ औँ स्थानमा छ। 

गएराति भएको खेलमा एस्टोन भिल्लाले वर्नमाउथलाई ३–० ले पराजित गर्दा ब्रेनफोर्ट र लेष्टरले एक एक् गोलको बराबरी गर्दै अंक बाँडे। 
यस्तै टोटनह्याम र साउथहेप्टनले ३–३ गोलको बराबरी गर्दा चेल्सी र एभर्टनले भने २–२ गोलको बराबरी गर्दै अंक बाँडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .