राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्रप्त गर्दै विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यसँग भेट गरेका छन्।
टोलीलाई शुक्रवार शीतलनिवासमा बोलाएर बधाइ दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताए।
नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको उनले बताए। पौडेलले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यक्ता औँल्याए।
‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईंहरु विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ। मैले हिजो इन्ट्रेस दिएर हेरेँ असाध्यै राम्रो खेल थियो। दर्शकहरु पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो', उनले भने, 'पूर्वाधार कमी छ। तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, ठूलो कुरा हो। यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षा गर्नु हुँदैन। यसमा त विश्वका देशहरुसँग प्रतिष्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, खेलाडीहरुको मनोबल बढाउन सरकारले लाग्नुपर्छ।’
राष्ट्रपति पौडेलले खेलाडीहरुको मनोबल बढाउन सरकार लाग्नुपर्ने पनि बताएका छन्।
प्रतिक्रिया