डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको सुयोग श्रेष्ठलगायत अन्य पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका छन्।
श्रेष्ठ सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।
एसोसिएसनको शुक्रबार चितवनमा सम्पन्न १७औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ।
अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका बोधराज देवकोटा सचिवमा सिन्धु विकास बैंकका राम कुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा चुनिएका छन्।
यस्तै, सदस्यहरुमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रकाश पौडेल, ज्योति विकास बैंकका श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्ट बैंकका डा. इन्द्र कट्टेल निर्वाचित भएका छन्।
चैत ३, २०७९, शुक्रबार
प्रतिक्रिया