ad ad

खेल


इन्टर मिलान १२ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

इन्टर मिलान १२ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

नेपालखबर
चैत १, २०७९ बुधबार ८:५, काठमाडौँ

इन्टर मिलान १२ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एफसी पोर्टोसँग गोलरहित बराबरीमा रोकिए पनि समग्रमा १–० ले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको हो। इन्टरले पहिलो लेगमा पोर्टोलाई १–० ले हराएको थियो। 

खेलको अन्तिम मिनेटमा पोर्टोका एक्विनो कोसाले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडे। 

इन्टर यसअघि सन् १०११ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मन क्लब शाल्केसँग समग्रमा ७–३ ले हारेको थियो। त्यसयता अन्तिम ८ मा पुग्न सकेको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .