ad ad

समाज


प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई अमेरिकी नागरिक पक्राउ

प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई अमेरिकी नागरिक पक्राउ

नेपालखबर
चैत १, २०७९ बुधबार ८:१२, काठमाडौँ

प्रतिबन्धित भारतीय रूपैयाँसहित प्रहरीले दुई जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। सोमबार दिउँसो ३ लाख ३५ हजार भारतीय रूपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।

प्रहरी प्रधान कार्यालय काठमाडौंकाअनुसार पक्राउ पर्नेमा ६९ वर्षीय थुप्तेन गेलेक हसवा र ५९ वर्षीय कालस्याङ चडोन रहेका छन्। उनीहरू भिस्तारा एयरको उडानमार्फत काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका थिए। 

त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा उनीहरूको झोलाभित्र भारतीय ५ सय दरको ६७० थान भारतीय रूपैयाँ फेला परेको थियो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .