ad ad

खेल


यूएईविरुद्ध कप्तान रोहितको अर्धशतक

यूएईविरुद्ध कप्तान रोहितको अर्धशतक

अर्धशतक पूरा गरेपछि रोहित पौडेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २८, २०७९ आइतबार ११:४५, काठमाडौँ

कप्तान रोहित पौडेलले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत यूएईविरुद्ध अर्धशतक पूरा गरेका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान पौडेलले अर्धशतक पूरा गरेका हुन्। रोहितले ८३ बलमा ७ चौका हान्दै अर्धशतक पुरा गरे।  

रोहितको यो आठौं अर्धशतक हो। 

युएईविरुद्ध घरेलु टोली नेपाल रन बनाउन संर्घष गरिरहेको छ। नेपालले ३० ओभरको समाप्तीमा ४ विकेट गुमाएर १ सय २१ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा रोहित ५५ र आरिफ शेख १६ रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .