ad ad

खेल


म्यानचेस्टर युनाइटेडलाई ७ गोल हानेको लिभरपुल बर्नमाउथसँग पराजित

म्यानचेस्टर युनाइटेडलाई ७ गोल हानेको लिभरपुल बर्नमाउथसँग पराजित

नेपालखबर
फागुन २७, २०७९ शनिबार २०:४५, काठमाडौँ

यो सिजन खराब लयबाट गुज्रिरहेको लिभरपुलले शनिबार भएको इङ्लिस प्रिमियर लिगमा अर्को हार भोगेको छ।

अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई ७-० ले पराजित गर्दै लय फर्किएको लिभरपुल रेलिगेशन जोन आसपास रहेको बर्नमाउथसँग पराजित भएको हो। 

लिभरपुललाई बर्नमाउथले शनिबार भएको खेलमा १-० गोलअन्तरले पराजित गरेको हो।

लिभरपुललाई आफ्नो घरेलु मैदानमा पराजित गर्ने क्रमम बर्नमाउथका फिलिप वालिङले २८ औँ मिनेटमा निर्णायक गोल गरे।

पहिलो हाफमा गोल खाएपछि दबाबमा परेको लिभरपुलले दोस्रो हाफमा पेनाल्टी अवसर पाएको थियो।

७० औँ मिनेटमा हार टार्न पाएको पेनाल्टीलाई मोहम्मद सलाहले गोलमा परिणत गर्न सकेनन्। उनको प्रहार पोस्टबाट बाहिरिएको थियो।

लिभरपुललाई हराएपछि बर्नमाउथले २६ खेलबाट २४ अंक बनाएर रेलिगेशन जोनभन्दा केही माथि छ। अर्कातिर लिभरपुल भने ४२ अंकसहित लिगको पाँचौँ स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .