ad ad

खेल


सकंटबीच ओडीआईमा भीम सार्कीको पहिलो अर्धशतक

सकंटबीच ओडीआईमा भीम सार्कीको पहिलो अर्धशतक

फाइल तस्बिर


नेपालखबर
फागुन २२, २०७९ सोमबार १४:२७, काठमाडौँ

नेपाली ओपनरदेखि टप अर्डरसमेत फ्लप भएको अवस्थामा मध्यक्रमका ब्याटर भीम सार्कीले अर्धशतक बनाएका छन्। 

चौथोक्रममा आएका उनले ७९ बलको सामना गर्दै ५३ रन बनाएका हुन्। सार्कीले नेपाली राष्ट्रिय टिमबाट अहिलेसम्म पाँचवटा ओडीआई खेलेका छन्। पाँचौँ ओडीआईमा उनले अर्धशतकसहित व्यक्तिगत उच्च स्कोर बनाएका हुन्। 

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा घरेलु टोली यूएईविरुद्ध पहिले ब्याटिङमा उत्रेको नेपाल निरन्तर दबाबमा पर्दा सार्कीले स्कोर उकासिरहेका छन्। 

उनले सातौँ विकेटका लागि आरिफ शेखसँग २९ रनको साझेदारी गरिसकेका छन्। 

लगातार विकेट गुमाएर दबाबमा परेको नेपाललाई यसअघि भीम र सन्दीप लामिछानेले सम्हालेका थिए। तर सन्दीप ४० रनमा २७ रन बनाउँदै आउट भएपछि आरिफ आएका थिए। 

छक्का प्रहारको कोसिस गर्दा सन्दीप क्याच आउट भएका थिए। उनीसँगै क्रिजमा रहेका सार्की टिकिरहँदा उनलाई आरिफ शेखले साथ दिइरहेका छन्। 

ब्याटरहरु सस्तैमा आउट भएपछि अब नेपालले बलरको भर पर्ने अवस्था आएको छ। 

ओपनरसहित टपअर्डरका अन्य पाँच ब्याटर गुमाएपछि दबाबमा परेको नेपालको स्कोर अहिले सन्दीप र भीमको जोडीले १०० रनमाथि पुर्‍याएका थिए। 

यसअघि नेपालका ओपनर आशिफ शेख सस्तैमा आउट भएका थिए। उनी १४ बलमा केबल ६ रन बनाएको अवस्थामा क्याच आउट भए।

आशिफ आउट भएपछि ज्ञानेन्द्र मल्ल पनि २६ बलमा ११ रन बनाउँदा एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्किए। 

त्यसपछि ३२ बलमा ३२ रन जोडेको अवस्थामा कुशल मल्ल पनि बोल्ड हुन पुगे।

कप्तान रोहित पौडेल पनि आजको खेलमा चल्न सकेनन्। उनले ५ बल खेलेर केबल १ रन बनाउँदै आउट भए।

त्यसपछि खेलको १७ औँ ओभर चलिरहेका बेला दीपेन्द्र सिंह ऐरी पनि पवेलियन फर्किए। उनी केबल चार रन बनाएर आउट भए। 

नेपालले आजको खेलमा टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। ओपनर कुशल भुर्तेलको स्थानमा तीव्र गतिका बलर प्रतिश जिसीले मौका पाएका छन्। 

आजको खेलमा यूएईलाई उसकै घरेलु मैदानमा हराउने नेपालको योजनामा धक्का लाग्ने देखिएको छ। सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .