ad ad

खेल


शहिद स्मारक ए डिभिजन लिग : एपीएफ र चर्चको विजयी सुरुवात

शहिद स्मारक ए डिभिजन लिग : एपीएफ र चर्चको विजयी सुरुवात

नेपालखबर
फागुन २०, २०७९ शनिबार १६:५९, काठमाडौँ

विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबले शहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफले लिगमा सुखद सुरुवात गरेको हो। 

जितसँगै एपीएफले अंक तालिकामा तिन अंक जोडेको छ। 

एपीएफको जितमा कप्तान नविन लामा र हर्मान्ड बेडमले गोल गरे। 

खेलको १९ औँ मिनेटमा थ्रीस्टारका अनिल महर्जनको फ्रिकीक प्रहार एपीएफका डिफेन्डरले क्लियर गरे। २१ आाँैँ मिनेटमा एपीएफका कप्तान नविन लामाको फ्रिकीक क्लियर हुँदा अग्रता बनाउने मौका गुमायो।

 

खेलको ६१ औँ मिनेटमा प्रदीप लामाको प्रहार गोलरक्षकले पन्च गर्दै बचाए। 

खेलको ७२ औँ मिनेटमा कप्तान नविनको फ्रिकीक सिधै गोलमा परिणत हुँदा एपीएफले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ८७ औँ मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफको जित पक्का गरे। 

आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युथ क्लबले विजयी सुरुवात गरेको छ। 

च्यासल फुटबल मैदानमा भएको खेलमा चर्च ब्वाइजले पुनरागमन जित निकालेको हो। चर्च ब्वाइजले १–० ले पछि परेको स्थिती उल्टाउँदै पुलिस क्लबलाई २–१ ले हराजित गर्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .