खेल


ए डिभिजन लिग: पहिलो हाफमा ब्रिगेडलाई अग्रता

ए डिभिजन लिग: पहिलो हाफमा ब्रिगेडलाई अग्रता

नेपालखबर
पुस १५, २०७६ मंगलबार १०:२७,

हिमालयन शेर्पाविरुद्धको खेलमा ब्रिगेडले पहिलो हाफमा नै अग्रता बनाएको हो। खेलको १७ औं मिनेटमा बिजय गुरुङले एक्लो प्रयासमा गोल गदै टाेलीलाई अग्रता दिलाएका हुन्।

२९ औ मिनेटमा शिशिर लेखीको कर्नरमा ताजुकिदिन तुसारुको हेडर बाहिरियो। ३५औ मिनेटमा बिजय गुरुङले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार शेर्पाका गोलरक्षक किशोर गिरिले पन्च गरे। ब्रिगेडले लिगमा १ सयौं खेल खेलिरहेको छ।

डि डिभिजनबाट घरेलु फुटबलको यात्रा सुरु गरेको बीबीसीले सी, बीबाट बढुवा हुँदै पहिलो पटक २०६१ बाट ए डिभिजन लिग खेल्न थालेको हो।

२०६२ र ६८ मा रेलिगेसनमा परेको बिबिसी पुनः ए डिभिजनमा फर्केर सय खेलको इतिहास रच्ने क्रममा छ। सुरुवातको लिगमा १२ खेल खेलेको ब्रिगेडले २०६२ मा २८ खेल खेलेको थियो।

शीर्ष लिगमा पुगेर पनि दुई पटक रेलिगसेनमा परेको बीबीसीले ६ संस्करणमा १ सय खेलको कोशेढुंगा पुरा गर्न लागेको हो।

जारी लिगमा ३ खेल खेलेको बीबीसीले १ मा जित र २ मा हार व्यहोरेको छ। ३ अंकका साथ सो टोली अंक तालिकाको दशौं स्थानमा छ। शेर्पा २ अंकसहित ११औं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad