ad ad

खेल


नेपाल र भारतको दोस्रो बराबरी

नेपाल र भारतको दोस्रो बराबरी

नेपालखबर
फागुन ६, २०७९ शनिबार २१:२८, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतीय टोलीसँगको दुई मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ।

चेन्नईस्थित जवाहरलाल नेहरु स्टेडियममा शनिबार भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल र भारले गोलरहित बराबरी गरेको हुन्। 

खेलको पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा उत्कृष्ट बचाउ गरेको थियो। 

पहिलो मैत्रीपुर्ण खेलमा २–२ को रोमाञ्चक बराबरी गरेको नेपालले दोस्रो खेलमा भारतलाई गोलरहित बराबरीमा रोकेको हो। 

गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोल अन्तरले हराएको थियो। 

नेपाली टोली भारतकै आग्रहमा २ मैत्रीपूर्ण खेल खेल्न त्यहाँ गएको हो। भारतले नेपालसँगको मैत्रीपूर्ण खेललाई ओलम्पिक छनोटका रुपमा लिएको छ। ओलम्पिक छनोट आगामी अप्रिलमा हुनेछ।

नेपालले पनि ओलम्पिक छनोटको पहिलो चरणमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको समूह सी मा छ। उता भारत भने तुर्केमिनिस्तान र किर्गिस्तान रहेको समूह जी मा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .