चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि कराँतेको छनोट सुरु भएको छ।
ललितपुरको सातदोबाटोस्थित कराँते एकेडेमीमा शनिबारदेखि सुरु (आज पहिलो दिन) एकल काता महिला र पुरुष तथा पुरुष ६० केजी तौल समूहका खेलाडी बन्द प्रशिक्षणका लागि छनोट भएका छन्।
पुरुष एकल कातामा एपीएफका स्वर्निम मानन्धर, नेपाल आर्मीका प्रविन मानन्धर, नेपाल पुलिस क्लबका महसुस मोक्तान र बागमती प्रदेशका रेहान जवेद छनोट भएका छन्।
एकल काता महिलामा पुलिस क्लबकी चञ्चला दनुवार, कर्णाली प्रदेशकी एलिसा रास्कोटी मगर, नेपाल पुलिस क्लबकी सरु कार्की र नेपाल आर्मीकी रिना श्रेष्ठ छनोट भएका छन्।
पुरुष ६० केजी तौल समुहमा नेपाल पुलिस क्लबका सोनाम लामा, नेपाल आर्मीका विजय रिमाल, एपीएफका सुविन खत्री र बागमती प्रदेशका रिकेश भण्डारी छनोट भएका छन्। एशियाली खेलकुदका लागि छनोेट खेल भोलि आइतबारसम्म हुनेछ।
एशियन खेलकुदका लागि ६ वटा महिला र ६ पुरुष तौल समुहमा गरि १२ खेलाडी छनोट हुनेछन्।
एशियाली खेलकुद आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ। बन्द प्रशिक्षणका लागि एक तौल समुहमा चार खेलाडी छनोट हुनेछन्।
Shares
प्रतिक्रिया