वर्षा शिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ले पोस्टरसहित रिलिज डेट सार्वजनिक गरेको छ। सार्वजनिक भएका दुई पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु शिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको छ।
यो फिल्म चैत १० गते रिलिज हुने भएको छ। लभस्टोरी, थ्रिलर र कमेडी जानराको फिल्ममा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायत कलाकारको अभिनय छ। कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा छन्।
राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन्। सह–निर्मातामा सुदीप पौडेल छन्। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो। इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो।
फागुन ५, २०७९, शुक्रबार
प्रतिक्रिया