ad ad

खेल


स्कटल्यान्डविरुद्ध कुशल मल्लको अर्धशतक

स्कटल्यान्डविरुद्ध कुशल मल्लको अर्धशतक

अर्धशतक प्रहार गरेपछि कुशल मल्ल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १४:३३, काठमाडौँ

आइसीसी विश्वकप एक दिवसीय त्रिकोणात्म्क सिरिजमा कुशल मल्लले अर्धशतक प्रहार पुरा गरेका छन्। 

कीर्तिपुरका जारी खेलको १८ औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरेका हुन्।

कुशलले ४२ बलमा ६ चौका र ३ चौका हान्दै अर्धशतक बनाएका हुन्। 

एक दिवसीय सिरिजमा कुशलको यो दोस्रो अर्धशतक हो। यसअघि उनले डेब्यु खेलका क्रममा अमेरिकाविरुद्ध अर्धशतक हानेका थिए। 

स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १२५ रन बनाएर खेलिरहेको छ। 

अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी २० र कुशल मल्ल ५२ रन बनाएर खेलिरहेका छन्। 

ओपनर कुशल भुर्तेल १६ रनमा पवेलियन फर्के। आशिफ शेख ९, ज्ञानेन्द्र मल्ल ४ र कप्तान रोहित पौडेल ६ रनमा आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .