नेपाल धितोपत्र बोर्डले माई खोला हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ।
बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्न फागुन ३ गते अनुमति दिएको हो।
बोर्डबाट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु लिमिटेड क्यापिटल रहेको छ।
हाल कम्पनीले इलाममा ३ मेगाबाट क्षमताको सुपर माई क्यासकेड हाइड्रोपावर निर्माण गर्दै छ।
21
Shares
प्रतिक्रिया