खेल


कुशलपछि कप्तान रोहितले पनि बनाए अर्धशतक

कुशलपछि कप्तान रोहितले पनि बनाए अर्धशतक

अर्धशतक हानेपछि कप्तान रोहित पौडेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २, २०७९ मंगलबार १४:५५, काठमाडौँ

आइसीसी लिग २ विश्वकप त्रिकोणात्मक सिरिज अन्तर्गत कप्तान रोहित पौडेलले नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका छन्। 

रोहितलले २३ औँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरे। उनले ४७ बलमा ४ चौका र ३ छक्का हाने। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदामा २ सय ८६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चौथो नम्बरमा ब्याटिङमा गएका रोहितले अर्धशतक हानेका हुन्। 

त्यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक पुरा गरेका थिए। कुशलले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। 

नामिबियाविरुद्ध कुशल ५० र कप्तान रोहित पौडेल २९ रन बनाएर क्रिजमा छन्। 

नेपालले २५ ओभरको समाप्तीमा २ विकेट गुमाएर १ सय ३८ रन बनाएर खेलिरहेको छ। ओपनर आशिफ शेख शुन्य रनमा बोल्ड भए। ज्ञानेन्द्र मल्ल २५ रन बनाउँदा एलबीडब्लु धरापमा परे। 

त्यसअघि घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रन जोड्दा अलआउट भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad