मछिन्द्र क्लब र न्युरोड टिम एनआरटीले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको पहिलो खेलमा गोलरहित बराबरी खेलेका छन्। ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका छैनन्।
खेलको पहिलो हाफमा मछिन्द्रले दबाब बनाएपनि गोल गर्न सकेको छैन। मछिन्द्रको प्रहारलाई एनआरटीका गोलकिपरले विफल पारेका छन्। दुई खेलमा जित र एकमा बराबरी खेलेको मछिन्द्र ६ अङ्कमा तालिकाको तेस्रो स्थानमा छ। न्युरोड टिम एनआरटी भने २ खेलमा जीत र एकमा पराजित हुँदै ४ अङ्कका साथ छैटौँ स्थानमा छ।
आजै हुने दोस्रो खेलमा मनाङ र फ्रेण्ड्स भिड्नेछन्। मनाङ अपराजित यात्रालाई कायम राख्ने दाउमा हुँदा फ्रेण्ड्स पहिलो जितको खोजीमा छ। दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ। लिगको तेस्रो चरणका खेल सकिँदा शतप्रतिशत नतिजा निकालेको मनाङ ९ अंकमा तालिकाको शीर्ष स्थानमा छ । अंक विहिन रहेको फ्रेण्ड्स अंक तालिकाको १३ औं स्थानमा छ।

प्रतिक्रिया