ललितपुर महानगर ३ झम्सीखेलमा बस्दै आएकी अमेरिकी नागरिकको काेठामा लुटेरा समूहले लुटपाट गरेको छ।
ललितपुर प्रहरीका अनुसार आइतबार अमेरिकी नागरिक क्याथरिन प्राइसको कोठाबाट नगद र सरसामान लुटपाट भएको हो।
क्याथरिनको कोठाबाट नगद २० हजार, दुईवटा ल्यापटप, एउटा स्पिकर, एउटा आईप्याड, इलेक्ट्रिकल ब्ल्यांकेट, मोतीको हारसमेत करिब ८ लाख ९० हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्नहरु पक्राउ परेका छैनन्। उनीहरुको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया