यद्यपी सादियो माने हालै फुटेको आइफोन बोकेको अवस्थामा देखिएका छन्। गत शुक्रबार लिभरपुलले लेस्टर सिटीमाथि ४–० को जित निकाल्न सफल भयो।
उक्त खेल अगाडि ड्रेसिङ रुममा जाने क्रममा सादियो माने फोन बोकेर हिँडिरहेका थिए। सोही क्रममा उनले फुटेको फोन बोकेको देखिएको थियो।
साडियो मानेले हप्तामा लिभरपुलबाट १ ला ५० हजार पाउन्ड कमाउँछन्। मानेले फुटेको फोन बोकेको देखिएपछि मानिसहरुले प्रतिक्रिया जनाइरहेका छन्।
केहीले माने यति धेरै पैसा कमाउने भएर पनि फुटेको फोन किन बोकेको होला भनेर प्रश्न गरिरहेका छन्।
— ᴛʜᴇ ⚡️ʙᴇᴛᴛɪᴘsᴛᴇʀ™ (@itytipster) December 29, 2019Sadio Mane ?? pic.twitter.com/pA83Y7Q0nS
केहीले माने साह्रै साधारण मानिस भएको टिप्पणी गरिरहेका छन्। सादियो मानेले बोकेको फोन आइफोन भएको जनाइएको छ।
हाल बजारमा आइफोन सेरिजको आइफोन ११ सबैभन्दा नयाँ फोन हो। यस फोनको मूल्य ७ सय पाउन्ड देखि १४ सय पाउन्डसम्म पर्छ।
मानेले चाहे भने आफ्नो एक दिनको कमाईले ३ हजारभन्दा बढी आइफोन खरिद गर्न सक्छन्। एजेन्सी

Shares

प्रतिक्रिया