संसारका सबैभन्दा धनी ५ सय व्यक्तिले सन् २०१९ मा १.२ ट्रिलियन डलर कमाएको छन्। यो अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी हो।
यससँगै यी ५ सय व्यक्तिको कुल सम्पत्ति ५.९ ट्रिलियन डलर पुगेको छ।
ब्लुमवर्ग बिलियनायर इन्डेक्समा सूचीकृत ५ सयमध्ये यो वर्ष ५२ जनाको सम्पत्ति मात्रै घटेको छ। अन्य सबैको सम्पत्तिमा ठूलो वृद्धि भएको छ।
विलासी सामग्री निर्माता फ्रान्सका बर्नाड आर्नोल्टले सबैभन्दा बढी आफ्नो खातामा ३६.५ अर्ब डलर सम्पत्ति थपेका छन्। यससँग उनी विश्वका तेस्रो धनी र सय अर्ब डलर क्लबमा प्रवेश गर्ने तेस्रो व्यक्ति बनेका छन्।
पत्नीसँग सम्बन्धविच्छेद गरेका कारण सबैभन्दा धनी जेफ बेजोसको सम्पत्तिमा ९ अर्ब डलरको गिरावट आएको छ।
एक सय ७२ अमेरिक अर्बपतिले ५ सय अर्ब सम्पत्ति थपेका छन्। फेसबुकका मार्क जुकरवर्गको २७.३ र विल गेट्सको सम्पत्ति २२.७ अर्ब डलरले बढेको थियो।
यससँगै आय र सम्पत्तिको असमानतामाथिको बहस झनै चर्किने देखिएको छ। एजेन्सी

प्रतिक्रिया