२०२० को टोकियो ओलम्पिकमा आउने विदेशीलाई देशभित्रको भ्रमण गर्न प्रेरित गर्ने उदेश्यले जापान एयरलाइन्सले ५० हजार विदेशी पर्यटकलाई निशुल्क घरेलु उडान गराउने भएको छ।
जुलाई–सेप्टेम्बरमा हुने ओलम्पिकमा लाखौँ पर्यटक जापान आउने छन्। तिनलाई हानेदा, ओसाका र कान्साइ विमानस्थलबाट निशुल्क घुमाइने छ।
‘यसले विदेशी यात्रुलाई जापानको प्रशंसक बनाउने आशा हामीलाई छ,’ जापान एयरलाइन्सले भनेको छ। एजेन्सी

प्रतिक्रिया