ad ad

खेल


न्यु डायमन्ड कपको तेस्रो संस्करण पुस अन्तिम साता हुने, पुरस्कार १ लाखले वृद्धि

न्यु डायमन्ड कपको तेस्रो संस्करण पुस अन्तिम साता हुने, पुरस्कार १ लाखले वृद्धि

नेपालखबर
पुस १३, २०७६ आइतबार १०:१९,

होङ्गग्वान्जी न्यु डायमन्ड कपको तेस्रो संस्करण पुस अन्तिम साता हुने भएको छ।

आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म हुने जानकारी दिएको हो।

तेस्रो संस्करणको प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएको छ। प्रतियोगिताको उपाधि विजेताले ४ लाख १ सय १ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। गत संस्करणको विजेताले ३ लाख रुपैयाँ प्राप्त गरेका थिए।

उपविजेताले ३ लाख १ सय १ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयाँ, चौथोले ५१ हजार १ सय १ रुपैयाँसहित प्रमाणपत्र मात्र प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगितामा ६ देखि ८ टोलीको सहभागिता रहने न्यु डायमन्ड स्पोर्ट्स क्लबका अध्यक्ष सुनकेशरी मालीले जानकारी दिईन्।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिता आयोजना गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ।

प्रतियोगिताको लागि गत वर्ष नै होङ्गवान्जी बौद्ध समाजले एक वर्षको लागि मुख्य प्रायोजन गरेको थियो। होङ्गवान्जी बौद्ध समाजले प्रतियोगिताका लागि १५ लाख उपलब्ध गराउनेछ।

पहिलो संस्करणमा आयोजक न्यु डायमन्ड तथा दोस्रो संस्करणमा विभागीय शसस्त्र प्रहरीको एपीएफ क्लब च्याम्पियन बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .