ad ad

खेल


१ खेलअगावै प्लेअफ होडबाट बाहिरियो फारवेष्ट युनाइटेड

१ खेलअगावै प्लेअफ होडबाट बाहिरियो फारवेष्ट युनाइटेड

तस्बिर : क्यान


नेपालखबर
पुस २२, २०७९ शुक्रबार १७:५१, काठमाडौँ

विराटनगर सुपर किंग्ससँग पराजित भएसँगै फारवेष्ट युनाइटेड एक खेलअगावै नेपाल टी २० लिगको प्लेअफ होडबाट बाहिरिएको छ। 

लिगका ९ खेलमा ७ खेलमा पराजित फारवेष्टले २ खेलमा मात्र जित दर्ता गरेको छ। 

शुक्रबार भएको खेलमा विराटनगरसँग ३ रनले पराजित भएसँगै फारवेष्टको प्लेअफ पुग्ने सम्भावना सकिएको हो। 

विराटनगरले दिएको १४८ रनको लक्ष्य पछ्याएको फारवेष्ट निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन मात्र बनाउन सक्यो। 

फारवेष्टका कप्तान हस्मतुल्लाह साहिदीले सर्वाधिक ५८ रनको योगदान दिए। उमेर अलीले २३ रन थपे। विनोद भण्डारी र नुर अहमदले समान १० रन जोडे। 

विराटनगरका राज नन्दन एक्लैले ३ विकेट लिए। सुर्य तामाङले २ तथा कोइन जोसेप र नन्दन यादवले एक एक विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रनको योगफल तयार पारेको थियो। 

हुसैन तलातले अर्धशतक प्रहार गरे। विवेक यादव ३५ रनमा नटआउट रहे। अर्जुन साउद २२ तथा कप्तान रोहित पौडेल २१ रनमा पवेलियन फर्के। 

फारवेष्ट बाहिरिएसँगै लिगको प्ले अफमा पुग्नका लागि अब काठमाडौ नाइट्स, विराटनगर र पोखरा एभेन्र्जसबिच स्पर्धा छ। 

लिगमा यसअघि नै लुम्बिनी अल स्र्टास र जनकपुर रोयल्सले क्वालिफायरमा स्थान बनाइसकेका छन्। लिगको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले पहिलो क्वालिफायर खेल खेल्नेछन्। तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्। 

क्वालिफायर खेलको विजेताले सिधै फाइलनमा स्थान बनाउँदा पराजित हुने टोलीले एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ। एलिमिनेटर खेल्ने टोलीसँग फाइनल पुग्नका लागि एउटा राम्रो मौका हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .