खेल


माघ १६ देखि ढाेरपाटन महिला भलिबलः बढ्यो पुरस्कार रकम

माघ १६ देखि ढाेरपाटन महिला भलिबलः बढ्यो पुरस्कार रकम

नेपालखबर
पुस १०, २०७६ बिहिबार ८:१४,

ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १५औं संस्करणको पुरस्कार रकममा वृद्धि गरिएको छ। आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको यो संस्करणमा पुरस्कार रकममा वृद्धि गरिएको जानकारी दिएको हो।

यो संस्करणको विजेताले ४ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दोस्रो हुनेले २ लाख ५ हजार, तेस्रोले १ लाख ५ हजार, चौथोले ७५ हजार, पाँचौँले ५५ हजार, छैठौँले ४५ हजार र सातौँले ३५ हजार रुपैयाँ हात पार्नेछ। यसपटक ४ स्कुटी र २ थान मोटरसाइकल वितरण गरिने आयोजकले जनाएको छ। गत वर्षको विजेताले ३ लाख ५० हजार रुपैयाँ पाएको थियो।

प्रतियोगिताको १५औं संस्करण माघ १६ देखि २८ गतेसम्म काठमाडौंस्थित नयाँ बसपार्कमा हुनेछ।

प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, टप्स मावि पोखरा, बुलबुले रारा कर्णाली क्लब, न्यु डायमन्ड एकेडेमी, पारामाउन्ट स्कुल, थ्रीस्टार एकेडेमी, चुली युवा क्लब सुर्खेत, चितवन टाइग्रेस, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र आयोजक ढोरपाटन क्लब गरी १२ टोली सहभागी हुनेछन्। प्रतियोगितालाई सानमिगेल बियरले मुख्य प्रायोजन तथा युएम स्कुटीले सहप्रायोजन गरेको छ।

भाग्यमानी दर्शकले एक थान मोटरसाइकल पाउनेछ। ग्रेट अचिमेन्ट अवार्डबाट एक खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्। उदीयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि इयर सिरिज र उत्कृष्ट खेलाडीले समान १ थान स्कुटी हात पार्नेछन्।

यस्तै आयोजकले तीन विदेशी खेलाडी ल्याउने टोलीलाई १ लाख २० हजार भत्ता दिने बताएको छ। व्यक्तिगत विधातर्फको विजेताले जनही ७ हजार रुपैयाँ हात पार्नेछन्।

१४औं संस्करण सकिँदा एपीएफले ६ पटक उपाधि उचालेको छ। पोखराको ज्ञानुबाबाले ५ पटक, नेपाल पुलिस क्लब र रिड मोडलले एक–एक पटक उपाधि जितेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad