कारोबार


‘भारत गम्भीर आर्थिक संकटमा’

‘भारत गम्भीर आर्थिक संकटमा’

नेपालखबर
पुस १०, २०७६ बिहिबार ८:२२,

सुब्रमण्यमले मोदीको पहिलो तीन कार्यकालमा मुख्य आर्थिक सल्लाहकारको रुपमा काम गरेका थिए। उनी भारतका चर्चित अर्थशास्त्रीमध्ये एक हुन्।

एनडीटीभीसँगको अन्तर्वार्ताको क्रममा सुब्रमण्यमले भारतले गम्भीर आर्थिक संकट खेप्ने बताउँदै आवश्यक कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।

सुब्रमण्यमले भने,‘गैरपेट्रोलियम उत्पादनको आयात र निर्यात दरमा क्रमश ६ प्रतिशतले गिरावट आएको छ। क्यापिटल गुड्स उद्योगको वृद्धि दरमा १० प्रतिशतले गिरावट आएको छ। उपभोक्ता सामाग्री उत्पादन पाँच प्रतिशतबाट घटेर एक प्रतिशतमा झरेको छ। यो तथ्यांकले भारतको अर्थव्यवस्थाको कमजोर रुप देख्न सकिन्छ।’

अरविंद सुब्रमण्यम

सुब्रमण्यम

उनी भन्छन्,‘भारतको निर्यात दर, उपभोक्ता सामाग्रीको व्यापार र राजस्वको तथ्यांक निकै निराशाजनक छ। सन् २००० देखि २००२ मा पनि भारतले आर्थिक संकट व्यहोरेको थियो यद्यपी त्यसबेला जीडीपी वृद्धिदर ४.५ थियो। केही तथ्यांक नकरात्मक हुँदा केही सकरात्मक थिए। यतिबेला सबै पक्ष नकरात्मक छन्। यसकारण भारतले गम्भीर आर्थिक संकट व्यहोर्नेछ।’ एजेन्सी

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad