ad ad

खेल


ग्रिफ्तको अलराउण्ड प्रदर्शनमा जनकपुरद्वारा लुम्बिनी २३ रनले पराजित

ग्रिफ्तको अलराउण्ड प्रदर्शनमा जनकपुरद्वारा लुम्बिनी २३ रनले पराजित

नेपालखबर
पुस २२, २०७९ शुक्रबार १३:४०, काठमाडौँ

कप्तान त्रिभोन ग्रिफ्तको अलराउण्ड प्रर्दशनमा नेपाल टि २० लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टार्सलाई २३ रनले पराजित गरेको छ।

जनकपुरले दिएको १६० रनको लक्ष्य लुम्बिनीले निर्धारित १७ ओभरमा ७ विकेट गुमाएर भेट्टायो। 
आजको खेलमा जनकपुर रोयल्स समयमा नै मैदान नआएपछि ढिला गरि सुरु भएको खेल १७ ओभरमा छोट्टाइएको थियो। 

लुम्बिनीका लागि अनिल शाहले सर्वाधिक ३५ रन जोडे। लाहिरु मिलान्थाले ३२ रन थपे। सुनिल धमालाले २७ तथा गुल्सन झाले १० रन बनाए। 

लुम्बिनीलाई कम स्कोरमा रोक्न त्रिभोन ग्रिफ्त एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३० रन खर्चे। समिउल्लह सिन्वारीले २ तथा असान पियन्जनले १ विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको जानकपुरले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १५९ रनको योगफल तयार पारेको थियो। 

जनकपुरका कप्तान ग्रिफ्त ४७ रनमा नटआउट रहे। विष्फोटक ब्याटिङ गरेका उनले ११ बलमा ३ चौका र ५ छक्का हाने। 

सरफुद्दिन अस्रफ ३४, खडक बोहोरा २२ तथा समिउल्लाह सिन्वारी २० रनमा आउट भए। दिलिप नाथ १० रनमा पवेलियन फर्के। 

लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले समान २ विकेट लिए। इसान पाण्डेको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .