ad ad

खेल


क्रिकेट संघले भन्यो– म्याच फिक्सिङको प्रमाण भए उजुरी बुझाऊ

क्रिकेट संघले भन्यो– म्याच फिक्सिङको प्रमाण भए उजुरी बुझाऊ

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०७९ बुधबार १४:३, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी२० लिगमा म्याच फिक्सिङ भएको हल्ला चलाइएको भन्दै ध्यानाकर्षण गरेको छ। 

एक विज्ञप्ति जारी गर्दै क्यानले म्याच फिक्सिङ भएको भन्ने ‘अनेक भ्रामक तथा मिथ्या सूचना’बारे ध्यानाकर्षण भएको जनाएको हो। 

उसले यसको प्रमाण भए संघको कार्यालयमा वा नेपाल टी२० लिगको एन्टि करप्सन युनिटमा उजुरी बुझाउन पनि अनुरोध गरेको छ। 

संघ र राष्ट्रको नाममा मिथ्या तथा भ्रामक सूचना नफैलाउन पनि उसले अनुरोध गरेको छ। 

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले नेपाल टी२० लिग चलिरहेको छ। उक्त लिगमा म्याच फिक्सिङका कुरा बाहिर आउनथालेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। 

त्यसअघि काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीकै साथीलाई म्याच फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए भने लिगकै एक कमेन्टेटरले पनि म्याच फिक्सिङ भएको भन्दै लिग छाडेको घोषणा गरेका थिए। 

योसँगै जारी लिग विवादित बनेको हो। सोही कारण क्यानले विज्ञप्ति जारी गर्दै प्रमाण भए दिन अनुरोध गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .