ad ad

कला


के प्रेममा छन् रश्मिका मन्डना र विजय देवरकोन्डा?

के प्रेममा छन् रश्मिका मन्डना र विजय देवरकोन्डा?

नेपालखबर
पुस २०, २०७९ बुधबार १४:१७, काठमाडौँ

दक्षिण भारतीय स्टार विजय देवरकोन्डा र रश्मिका मन्डना अहिलेको समयका बहुचर्चित फिल्म स्टार हुन्। 

लाखौँ फ्यान बनाउन सफल यी कलाकारको दिलमा आखिर कसले डेरा जमाएको छ त? यो कौतुहल धेरैको मनमा हुन सक्छ। फ्यानहरुले पनि उनीहरुका प्रेमी प्रेमिकालाई लिएर अनेक लख काटिरहेका हुन्छन्। 

यस्तोमा हाले रश्मिकाले नयाँ वर्ष २०२३ का अवसरमा सामाजिक सञ्जालमा हालेको एक भिडिओ भाइरल भइरहेको छ।

जसमा पछाडिबाट एक व्यक्तिको आवाज सुनिन्छ। सामाजिक सञ्जालका प्रयोगकर्ताले सजिलै त्यो आवाजबारे लख काटेर विजय देवरकोन्डाको भएको बताएका छन्। 

यसका अलावा दुवै कलाकारले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट एकै पृष्ठभूमि भएको फोटो पनि सेयर गरेका छन्। जसलाई देखेर उनीहरुका फ्यानहरुले यी दुईबीच केही न केही चलिरहेको अनुमान गरेका छन्। 

नयाँ वर्षमा अधिकांश स्टार कलाकारहरु पार्टीमा रमाउँदै बिदामा व्यस्त थिए। यसबीच रश्मिका मन्दनाले नयाँ वर्षको अवसर पारेर इन्स्टाग्राममा एक लाइभ सेशनको भिडिओ शेयर गरेकी थिइन्। 

जसमा पछाडिबाट एक पुरुषको आवाज आइरहेको छ। यसलाई ध्यान दिएर सुन्दा फ्यानहरुले दक्षिणका स्टार विजय देवरकोन्डाको भएको बताएका छन्।

एक ट्विटर प्रयोगकर्ताले उक्त भिडिओ शेयर गर्दै भनेका छन्, 'भिडी भ्वाइस', त्यसैगरी एक अर्का प्रयोगकर्ताले लेखेका, 'हो हो बिल्कल भिडी अन्नाकै आवाज हो यो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .