लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा काठमाडौँ नाइट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
खेलका लागि काठमाडौका खेलाडीहरु समयमा नै मैदान नआएपछि खेल ढिला गरी सुरु भएको हो। खेलाडीले पाउनुपर्ने पारिश्रमिक क्लबले नदिएको भन्दै खेलाडीहरु समयमा नै मैदानमा नआएका हुन्।
खेलाडीहरु मैदान आउन ढिला भएपछि खेल १७ ओभरमा छोट्टाइएको छ।
खेलाडी मैदान आउन ढिला भएपछि निर्धारित समयभन्दा ढिला गरी टस भएको थियो।
54
Shares
प्रतिक्रिया