नेपालका तर्फबाट ‘मिस युनिभर्स’मा सहभागी हुँदै गरेकी सोफिया भुजेलले देवीको अवतारसहितको ‘नेसनल कस्ट्युम’ प्रस्तुत गर्ने भएकी छन्। ‘मिस युनिभर्स नेपाल’ सोफियाले त्रिशूल समातेकी देवीको लुक्समा नेपालको प्रतिनिधित्व गर्ने भएकी हुन्।
प्रेरणा शाहको कन्सेप्टमा वुमन्स प्लानेट बुटिकले यो कस्ट्युम डिजाइन गरेको हो। यो पहिरनले महिलालाई प्रेरणाका रुपमा लिनुपर्ने सन्देश दिन खोजेको मिस युनिभर्सद्वारा जारी वक्तव्यमा उल्लेख छ।
‘रातो रङले रगत र सृष्टिको शक्तिलाई जनाउँछ। त्रिशूलले सृष्टि, जीवन र मृत्युको त्रिमूर्तिलाई प्रतिनिधित्व गर्छ। अन्य प्रप्सले भौतिक शरीरले कसरी ब्रह्माण्डमा जादू सिर्जना गर्छन् भन्ने सन्देश दिन चाहेको छ’, वक्तव्यमा भनिएको छ।
मिस युनिभर्सको ७१औं संस्करण जनवरी १४ मा अमेरिकाको न्यु अर्लियन्समा हुँदै छ। नेपालको प्रतिनिधित्व गर्दै सोफिया यसै साता अमेरिकातर्फ प्रस्थान गरेकी छन्।
एसियाली मुलुक थाइल्यान्डले मिस युनिभर्सको स्वामित्व लिएपछिको यो पहिलो मिस संस्करण हो।
Shares
प्रतिक्रिया