ad ad

खेल


टी-२० लिगमा फारवेष्ट युनाइटेडको पाँचौ हार

टी-२० लिगमा फारवेष्ट युनाइटेडको पाँचौ हार

नेपालखबर
पुस १८, २०७९ सोमबार १६:१५, काठमाडौँ

फारवेष्ट युनाइटेडले नेपाल टी २० लिगमा पाँचौ हार व्यहोरेको छ। हारसँगै फारवेष्टको प्लेअफ सम्भावना कठिन बनेको छ। 

सोमबार भएको खेलमा जनकपुर रोयल्सले फारवेष्ट युनाइटेडलाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्दै पाँचौ जित दर्ता गरेको हो। जितसँगै जनकपुरले भने प्लेअफको सम्भावनालाई बलियो बनाएको छ। 

जनकपुरले दिएको १६२ रनको लक्ष्य पछ्याएको फारवेष्ट १५.१ ओभरमा ७९ रन जोड्दा अलआउट भयो। 

भिम सार्की १६ र हस्मतुल्लाह शाहिदी ३२ रन बनाए। रसिद खान १७ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

फारवेष्टलाई कम स्कोरमा रोक्न समिउल्लाह सिन्वारी एक्लैले ३ विकेट लिए। पवन सरार्फ, सोमपाल कामीले दुई दुई विकेट लिए।

सरफुद्दिन अस्रफ, जितेन्द्र मुखिया र ललित राजवंशीले एक एक विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फारवेष्टले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रनको योगफल तयार पारेको थियो। 

जनकपुरका ओपनर तथा कप्तान त्रिभोन ग्रिफिट र सरफुद्दिन अस्रफले ५२ रनको साझेदारी गरे। सन्दीप जोरा ५५ रनमा क्याच आउट भए। ३२ बलको सामना गरेका सन्दीपले १ चौका र ५ छक्का हाने। 

त्रिभोन ३२ र अस्रफ २० रनमा पवेलियन फर्के। चन्दविक वाल्टनले २४ रन थपे। सन्दीप जोरा १६ रनमा क्याच आउट भए। खडक बोहोरा २ रनमा रनआउट भए।  पवन सर्राफ ९ नटआउट रहे। 

फारवेष्टका प्रकाश जैसीले ३ तथा भुवन कार्कीले दुई विकेट लिए। नुर अहमदले एक विकेट लिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .