खेल


लुम्बिनीको अपराजित यात्रा कायमै, सुपर ओभरमा फारवेस्ट युनाइटेड पराजित

लुम्बिनीको अपराजित यात्रा कायमै, सुपर ओभरमा फारवेस्ट युनाइटेड पराजित

नेपालखबर
पुस १३, २०७९ बुधबार १३:१, काठमाडौँ

सुपर ओभरमा फारवेस्ट युनाइटेडलाई पराजित गर्दै लुम्बिनी अल स्टार्सले नेपाल टी२० लिगमा अपराजित यात्रालाइ कायमै राखेको छ। 

निर्धारित २०ओभरमा खेल बराबरी भएपछि सुपर ओभरबाट निर्णय लिइएको थियो। अन्तिम ओभरमा लुम्बिनीलाइ ५ रन र फारवेस्टलाइ दुइ विकेट आवश्यक रहँदा खेल टाइ भएको थियो। 

सुपर ओभरमा लुम्बिनीका लाहिरु र साड्ले भालले १९ रन प्रहार गरे। फार वेस्टले १० रन मात्र बनाएपछि लिगमा दोस्रो हार व्यहारेको हो। 
फरावेष्टले दिएको १३८ रनको लक्ष्य अलस्टारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै भेट्टाएपछि खेल सुपर ओभरमा गएको हो। 

अलस्टारका लागि ओपनर लाहिरु मिलान्थाले ३४ रनको योगदान दिए। २० बलको सामना गरेका उनले २ चौका र ४ छक्का हाने। विपुल शर्माले ३१ रन बनाउँदा रन आउट भए। २७ बलको सामना गरेका उनले १ चौका र २ छक्का हाने। गुल्सन झा ३६  सागर ढकाल १ रनमा नटआउट रहे। सुनिल धमाला, कुशल भुर्तेल, शुन्य रनमा आउट भए। 

फाररवेस्टका लागि शेर मल्ल र करण केसीले समान २ विकेट लिए। रसिद खान, उमैर अली, हस्तमुल्लाह शाहिदी र भुवन कार्कीले एक एक विकेट झारे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अल स्र्टासले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रनको योगफल तयार पारेको थियो।

फरवेष्टका ओपनर देव खनाल ४८ र हसिम अन्सारी ११ रनमा पवेलियन फर्के। ४२ बलको सामना गरेका देवले ५ चौका हाने। कप्तान हस्मतुल्लाह शाहिदी ३२ र भिम सार्की १५ रनमा आउट भए। २९ बलको सामना गरेका शाहिदीले ३ चौका हाने। 


विनोद भण्डारी ११ रनमा एलबीडब्लु धरापमा परे। करण केसी १२ र उमैर अली १ रनमा नटआउट रहे। 
लुम्बिनीका स्याड्ली भानले २ तथा हरमित सिंह, किशोर महतो र सागर ढकालले एक एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .