राजनीति


जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध

जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध

नेपालखबर
पुस १३, २०७९ बुधबार १३:५, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव चयन भएका छन्। उनी निर्विरोध दलको नेतामा चयन भएका हुन्।

रामसहाय यादवको मात्रै मनोनयन दर्ता भएपछि निर्विरोध चयन भएको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जानकारी दिएको छ।

यादव बारा २ बाट निर्वाचित भएका थिए। उनलाई संसदीय दलको नेता बनाउन अध्यक्ष यादवले नै पहल गरिरहेका थिए। 

जसपाका अर्का अध्यक्ष अशोक राईले पनि दलको नेतामा दाबी गरेका थिए। यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी फिर्ता लिएका हुन्।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .