ad ad

खेल


परिवारसँग पेलेले अस्पतालमै मनाए क्रिसमस

परिवारसँग पेलेले अस्पतालमै मनाए क्रिसमस

नेपालखबर
पुस ११, २०७९ सोमबार ७:२४, काठमाडौँ

ब्राजिलका महान् फुटबलर पेलेका परिवारका सदस्य ब्राजिलको साओपाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भेला भएका छन्।

पेलेसँग क्रिसमस मनाउन उनीहरु अस्पतालमा भेला भएका हुन्। गत नोभेम्बरको अन्त्यदेखि विश्वविख्यात ८२ वर्षीय पूर्व खेलाडी क्यान्सरसँग यहाँ सङ्घर्ष गरिरहेका छन्। 

चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएका थिए।  त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन।

पेलेका छोरा एडिन्हो भनेर चिनिने एड्सन चोल्बी नासिमेन्टो पनि अस्पताल आइपुगेका छन्। दक्षिणी ब्राजिलको एक फुटबल क्लबका लागि काम गर्ने एडिन्होले डाक्टरहरूले मात्र आफ्नो बुबालाई मद्दत गर्न सक्ने बताएका छन्।

पेलेकी छोरी केली नासिमेन्टोले आफ्ना बाबुको समीप आफू र एडिन्हा बसेको फोटो इन्स्टाग्राममा पोस्ट गरेकी छन्। त्यसको केही घण्टापछि सान्तोसका  पूर्वगोलकिपर एडिन्होले आफ्नो बुबाको हात समातेको फोटो राखेर “बुवा, मेरो बल तपाईंको हो,” लेखेका छन्। 

विश्वभर पेले भनेर चिनिने एडसन एरान्टेस डो नासिमेन्टोको सन् २०२१ को सेप्टेम्बरमा ‘कोलोन ट्युमर’ हटाइएपछि त्यो उनका अन्य अङ्गमा फैलियो वा फैलिएन भन्नेबारेमा परिवारका सदस्य र अस्पतालले केही जानकारी दिएका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .