ad ad

समाज


कस्तो होला आज दिनभरको मौसम?

कस्तो होला आज दिनभरको मौसम?

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०७९ सोमबार ७:४४, काठमाडौँ

यतिबेला (सोमबार बिहान) गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार मधेश प्रदेशलगायत अन्य प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुलेटिनअनुसार राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ।

चिसो बढिरहेको भन्दै महाशाखाले आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ : देशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा  बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए। यद्यपि यो अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .