ad ad

खेल


विश्वकपको उपाधि विजेता अर्जेन्टिनी फुटबल टोलीलाई भव्य स्वागत

विश्वकपको उपाधि विजेता अर्जेन्टिनी फुटबल टोलीलाई भव्य स्वागत

नेपालखबर
पुस ५, २०७९ मंगलबार १५:१७, काठमाडौँ

३६ वर्षपछि विश्वकपको उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीलाई भव्य स्वागत गरिएको छ।

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो। निर्धारित समयमा २–२ को बराबरी भएको खेलमा थप गरिएको ३० मिनेटमा पनि १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। 

अर्जेन्टिनाले उपाधि जितेपछि राष्ट्रिय टोली मंगलबार स्वदेश फर्केको हो। टोलीको स्वागत तथा सम्मानका लागि अर्जेन्टिनाले आज सार्वजनिक बिदा दिएको छ।

टोलीको स्वागतका लागि विमानस्थलदेखि नै समर्थकको भिड थियो। विमानस्थलमा ओर्लिएपछि मेस्सीले विश्वकपको ट्रफी लिएर निस्केका थिए। 

विश्व विजेता टोलीका लागि अर्जेन्टिना फुटबल हेर्डक्वार्टरमा विशेष कार्यक्रम गरेर स्वागत गरिँदैछ। 

टोलीको स्वागतका लागि समर्थकहरु अर्जेन्टिनाको झण्डा लिएर तथा टि–सर्ट लगाएर पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .