ad ad

सुदूरपश्चिम


चेतन अयडी हत्या प्रकरण : १० जना पक्राउ, १४ जना अझै फरार

अभियुक्त पक्रिन ढिलाइ भएको भन्दै अनेरास्ववियु आन्दोलनमा
चेतन अयडी हत्या प्रकरण : १० जना पक्राउ, १४ जना अझै फरार

फाइल फोटाे


नेपालखबर
पुस ५, २०७९ मंगलबार १५:२८, कञ्चनपुर

नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता चेतन अयडीको हत्या आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार किटानी जाहेरी दर्ता भएकामध्ये १० जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको छ।

त्रिवेणी गाउँपालिका–७ का अयडीको गत मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा चुनावको मतदानको राति कुटपिट गरेर कांग्रेस कार्यकर्ताले हत्या गरेको आरोपमा २४ जना विरुद्ध किटानी जाहेरी परेको थियो।

‘सुरुमा २२ जना विरुद्ध किटानी जाहेरी थियो, पछि थप २ जना विरुद्ध पनि जाहेरी आयो,’ प्रहरी निरीक्षक रविन्द्र कठायतले भने, ‘तीमध्ये १० जनालाई नियन्त्रणमा लिएका छौं, अनुसन्धान भइरहेको छ।’

उनका अनुसार अहिलेसम्म अयडीको हत्या घटनामा संलग्न भएको आरोपमा त्रिवेणी गाउँपालिका–७ का अध्यक्ष जुद्धबहादुर अयडी सहित १० जना पक्राउ परेका छन्। घटनाका अन्य फरार १४ जना आरोपीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

त्रिवेणी गाउँपालिका ७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको क्रममा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर सञ्जिव अयडीको पनि मृत्यु भएको थियो।  

सोही राति कांग्रेस कार्यकर्ताहरुले अनेरास्ववियुका नेता चेतनलाई घरमै गएर कुटपिट गरी हत्या गरेको आरोप थियो। 

घटना भएको महिना दिन बितिसक्दा पनि दोषी कानूनी दायरामा नआएको भन्दै बाजुरामा अनेरास्ववियु आन्दोलित भएको छ।

उनीहरुले यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैरसरकारी कार्यालय बन्द गराएका छन्। 

महिना दिन बित्दा पनि अभियुक्त पक्राउ नगरी प्रहरीले चरम लापरबाही गरेकोले  यातायात, शैक्षिक संस्था, सरकारी कार्यालय र बजार बन्द गराएको अनेरास्ववियुका लक्ष्मण रोकायाले बताए। 

अयडीको लागि न्यायको माग गर्दै अनेरास्ववियुले बाजुरामा यातायात सेवा अनिश्चितकालका लागि बन्दको आह्वान गरेको छ। 

बाजुरामा चेतन अयडीको हत्या आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ

चेतन अयडीको हत्यामा संलग्नलाई कारवाही मागसहित प्रदर्शन (तस्बिरहरु )

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .