पाकिस्तानलाई १४ वर्षपछि हराउँदा खुसी लागेको नेपाली प्रशिक्षकले बताएका छन्।
दशरथ रंगशालामा पाकिस्तानलाई १-० गोलले हराएपछि पत्रकारहरुसँग यस्तो बताएका हुन्।
'खुसी छु। पहिलो अवसर थियो। लामो समयपछि जित्न सकका थिएनौँ। १४ वर्षपछि पाकिस्तानलाई जित्न सक्यौँ', उनले भने, 'पाएको अवसर सदुपयोग गर्न सकेनौँ, छोटो समयको तयारीका कारण पनि खेलाडीमा फिटनेस थिएन। यो जित मेरो उपहार हो।'
उनले राष्ट्रिय टिममा लामो समय खेल्ने खेलाडी भए पनि त्यो अनुसार नपाएको बताए। 'त्यो बेलामा नपाउँदा दुख लागेको थियो। जुन प्रशिक्षक हुँदा पाएँ', उनले भने, 'विदेशमा क्लबको प्रशिक्षकलाई सजिलो हुन्छ नेपालमा भने त्यस्तो हुँदैन।'
96
Shares
प्रतिक्रिया