नेपाली राष्ट्रिय टोलीलाई पाकिस्तानविरुद्ध निर्णायक गोल गरेर जिताएका फरवार्ड अन्जन विष्टले अझै धेरै गर्न बाँकी रहेको बताएका छन्।
खेलको ८३ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएपछि उनले जर्सी खोलेर खुसी मनाएका थिए।
'यो अन्तिम होइन, अझै धेरै गर्नबाँकी छ', उनले भने, 'यो जितको श्रेय समर्थक र टोलीलाई दिन्छु। दुवैको साथ र सहयोगका कारण जित निकाल्न सम्भव भयो।'
उनले जीवन उतारचढावपूर्ण हुने बताए। 'जिन्दगी भनेको उतरचढावपूर्ण हो। एक्लै हुँदा कसैले सहयोग गर्न सक्दैन। मेरो कमजोरीलाई नियालेँ, प्रशिक्षण गर्दै गएँ', उनले भने, 'त्यसैले गोल गरिरहेको छु। धेरै खेल्न बाँकी छ। मैले हान्ने गोल मेरो लागि होइन। गोलभन्दा पनि जित महत्वपूर्ण हो।'
उनले मैत्रीपूर्ण नै भए पनि खेलमा इमोसन जोडिने बताए। 'खेल मैत्रीपूर्ण मात्रै भए पनि इमोसन जोडिएको हुन्छ', उनले भने, 'हामी प्रशिक्षण गर्दा त टोलीमा प्रतिस्पर्धा हुन्छ भने यो त देशको कुरा हो। त्यसैले मैले जर्सी फुकालेर सेलिब्रेसन गरेँ।'
Shares
प्रतिक्रिया