ad ad

खेल


साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालको सानदार विजयी सुरुवात

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालको सानदार विजयी सुरुवात

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार २१:४, काठमाडौँ

बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले सानदार विजयी सुरुवात गरेको छ। 

बगंलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा बिहिबार भएको खेलमा नेपालले भुटानलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको हो। 

नेपालको जितमा वर्षा वली नयक बनिन्। उनले ह्याट्रिकसहित ४ गोल गरिन्। सुक्रिया मियाले दुई तथा सेनु परियारले एक गोल थपे। 

खेलको सुरुवातमा नै वर्षाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। खेलको १७ औँ मिनेटमा दाेस्रो गोल गरेकी वर्षाले ३४ औँ मिनेटमा ह्याट्रिक पुरा गरिन्। त्यसको १ मिनेटमा नै अर्को गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाइन्। 

सुक्रियाले ६५ र ७२ औँ मिनेटमा गोल गरिन्। खेलको ६७ औँ मिनेटमा भुटान १० खेलाडीमा सिमित हुन पुग्यो।  गोलरक्षक दीक्षा राई रातो कार्ड खाँदै मैदान बाहिरएपछि भुटान १० खेलाडीमा सिमित बनेको थियो। 

खेलको ८५औं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई ७–० को फराकिलो अग्रता दिलाइन्। ८३ औँ मिनेटमा वर्षा ओलीको स्थानमा मैदान छिरेकी उनले गोल गरेकी थिइन्। 

नेपालले शनिबार बगंलादेशसँग खेल्नेछ। ३ टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोविन लिगका आधारमा भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .