च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले नापोलीमाथि २–० गोल अन्तरको जित हात पारेको छ।
मंगलबार भएको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा खेलको ८५ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेका थिए भने खेलको इन्ज्युरी समयमा डार्विन नुएजले अर्को गोल थपे। विपक्षी टोलीको तर्फबाट भने कुनै पनि गोल हुन सकेन।
जितका बाबजुद लिभरपुल समूह एको दोस्रो स्थानमा सीमित भएको छ। उसले समूह एका ६ खेलबाट १५ अंक हात पारेको छ।
शीर्षस्थानमा रहेको नापोलीको पनि १५ अंक हात पारेको भए पनि गोल अन्तरको आधारमा भने नापोली अगाडि छ।
36
Shares
प्रतिक्रिया