मोरंगको निर्वाचन क्षेत्र नं. ६ (ख) मा नेपाली कांग्रेसका तर्फबाट विद्रोही उम्मेदवार बनेका नवीन दाहालले उम्मेदवारी फिर्ता लिएका छन्। उक्त क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट युवा नेता जीवन आचार्य उम्मेदवार बनेका छन्। उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाईं हुन्।
प्रतिनिधि सभाका लागि भने नेपाली कांग्रेसका नेता शेखर कोइराला उम्मेदवार छन्।
कांग्रेस नेता शेखर कोइरालासँग छलफलपछि आफ्नो उम्मेदवारी फिर्ता लिएको उनले बताए। युवा नेता जीवन आचार्यले निर्वाचन क्षेत्र र प्रदेशकै समृद्धि र विकासका एजेण्डा अघि सारेर निर्वाचनमा होमिएको अवस्थामा त्यसको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको उनकाे भनाइ छ।
विज्ञप्तीमार्फत दाहालले आफ्नो मुख्य चाहना जनताको अपेक्षा पूरा गर्न विकास र समृद्धि नै रहेको बताउँदै पार्टीले यही एजेण्डालाई मुख्य बनाएको उल्लेख गरेका छन्।
Shares
प्रतिक्रिया