कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै एनआरटीले पहिलो जित दर्ता गरेको हो। जितसँगै एनआरटीले अंक तालिकामा ३ अंक जोडेको छ।
खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको एनआरटीले दोस्रो हाफमा थप ३ गोल गरेको थियो। एनआरटीका लागि जुनियर अंगी नाइकेंगले पहिलो हाफको ४२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ६९औं मिनेटमा मिन अरिक विष्टको फ्रिकिकमा सरोज तामाङले हेडमार्फत गोल गरे।
खेलको सुरुवातमा केही राम्रा अवसर पाए पनि सरस्वतीले गोल गर्न सकेन र जितमा हार व्यहोरेको हो।
प्रतिक्रिया