स्पेनिस ला लिगाअन्तर्गत आइतवार मध्यराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओमाथि एकपक्षीय जित निकालेको छ।
लिग लिडर रियल मड्रिडसँग पराजित भएको बार्सिलोनाले लय समात्दै बिल्बाओमाथि ४-० को जित दर्ता गरेको हो।
बार्सिलोनालाई महत्वपूर्ण ३ अंक दिलाउने क्रममा ओस्युमाने डेम्बेलेले खेलको १२ औँ मिनेटमा गोलको खाता खोले।
एकपक्षीय खेलको १८ औँ मिनेटमा गोल गर्दै सर्जियो रोबर्टोले बार्सिलोनाको अग्रता २-० मा पुर्याए।
बार्सा त्यतिमै रोकिएन। दोस्रो गोल गरेको ४ मिनेट नबित्दै चर्चित स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सा ३-० ले अघि बढ्यो।
पहिलो हाफमा ४ गोल गरेको बार्साका लागि दोस्रो हाफमा सब्टिच्युट स्ट्राइकर फेर्रान टोरेसले गोल गरे। ६३ औँ मिनेटमा मैदान छिरेका उनले ७३ औँ मिनेटमा गोल गर्दै बार्साको अग्रता ४-० बनाए।
एकपक्षीय यो जितपछि बार्सा ११ खेलबाट २८ अंकसहित लिगको दोस्रो स्थानमा छ। पहिलो स्थानको रियल मड्रिडले ३१ अंक बनाएको छ। बार्सासँग पराजित बिल्बाओ १८ अंकसहित लिगको छैटौँ स्थानमा छ।
Shares
प्रतिक्रिया