ad ad

राजनीति


अखिल क्रान्तिकारीकाे पवन कार्की समूहले बनायो निर्वाचन परिचालन समिति

१२ हजार ५०१ जना कमाण्डर
अखिल क्रान्तिकारीकाे पवन कार्की समूहले बनायो निर्वाचन परिचालन समिति

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०७९ सोमबार ७:३६, काठमाडौँ

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पवन कार्की समूहले केन्द्रीय निर्वाचन परिचालन समिति घोषणा गरेको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै कार्की समूहले निर्वाचन परिचालन समिति घोषणा गरेको हो। 

समितिमा १२ हजार ५ सय १ जना कमाण्डर रहेको जनाइएको छ। निर्वाचनमा हुने जाल, झेल र षडयन्त्रलाई परास्त गर्न सो समितिका कमाण्डरहरुले भूमिका खेल्दे सो समूहका प्रवक्ता उपदेश यादवले जानकारी दिए।

संयोजक पवन कार्की नेतृत्वको समितिले आगामी निर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न र निर्वाचन सफल बनाउन भूमिका खेल्ने यादवले जानकारी दिए। 

समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र प्रत्यक्षतर्फ वाम–लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न समेत अपिल गरिएको छ। 

कार्कीको संयोजकत्वमा संगठनको केन्द्रीय कार्यालय, सचिवालय, केन्द्रीय समिति र आयोगमा रहेका २२६ जना, १६५ संघीय निर्वाचन क्षेत्रको ९ प्रत्येक्ष र समानुपातिक० कमाण्डर १९५ जना, ३३० प्रदेश निर्वाचन क्षेत्रको ९प्रत्येक्ष र समानुपातिक० कमाण्डर ४३९ जना, ७५३ पालिका स्तरीय कमाण्डर ७५३ जना र देशभर १०८८८ मतदान स्थल र केन्द्र ९बुथ० कमाण्डरहरु १०८८८ जना गरी जम्मा १२५०१
९बाह्र हजार पांच सय एक० जना कमाण्डरहरु रहेको केन्द्रीय निर्वाचन परिचालन समिति निर्माण गरिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .